धनगढी- डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।
मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसालेपछि उमेदवारबीच विवाद भएको थियो। राधाकृष्ण माविमा रहेको मतदान केन्द्र को मतदान प्रक्रिया एक घण्टा स्थगित भएर पुनः शुरु भएको छ। लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको छ।
लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन। सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ।
Comments
Source:
Smart Akshyar Media







