काठमाण्डाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेले दिग्विजय हासिल गर्ने बताएका छन् । उनले अहिलेको अलच्छिनी परमादेशी सरकारलाई वैशाख ३० गते एमालेले उखेलेर फाल्ने बताए ।
एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन्।बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए।‘म देशका विभिन्न ठाउँका सभामा पुगेँ, जनतालाई गठबन्धनको कुनै मतलब छैन,’ ‘चिन्ता नगरी सूर्य चिह्नमा मतदान गरी एमालेलाई विजयी गराउन जनता आतुर छन् ।’
उनले स्थानीय तहबाटै विजयी यात्रा शुरू गर्ने बताए । ‘अहिले हामीले जितेनौँ भने प्रादेशिक र संघीय सरकारले पठाउने योजना पर्दैनन्, स्थानीयबाटै विजय यात्रा शुरू गर्नुपर्छ । अब कुनै अलमल पर्नु पर्दैन,’ उनले भने, ‘पाँच होइन १० दलीय गठबन्धन छ भन्ने जनताले मतलब नै राखेको छैन ।’
अहिले पञ्चमुखी गठबन्धन जस्तो एमाले नभएको उनको भनाइ छ । उनले विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न आग्रह गरेका छन् ।







