Sunday, June 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जीत आवश्यक : गठबन्धन शीर्ष नेत्रृत्व

Sunday, May 8, 2022
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जीत आवश्यक : गठबन्धन शीर्ष नेत्रृत्व
993
VIEWS
Website Development Website Development Website Development

पोखरा –सत्तासाझेदार पाँचदलीय गठबन्धनका शीर्षनेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जीत आवश्यक भएको बताएका छन् ।

आइतबार पोखरामा गठबन्धनका उमेदवारको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले एउटै मञ्चबाट मतदातालाई  भनेका छन्, ‘मुलुकका विभिन्न कालखण्डमा भएका परिवर्तन गठबन्धनबाटै सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस् ।’

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आतंकको शासन हटाउन सत्ता गठबन्धन बनेको बताएका छन् । “विपक्षी पार्टीले संसद्मा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौँ । त्यही विरोध सहन नसकेर भंग गरिदिए । ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनु हुन्न,” उनले भने ।

Order Cake Order Cake Order Cake

असंवैधानिक संसद् विघटन आफूहरूले अदालत गएर फिर्ता ल्याएको उनले उल्लेख गरे । गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको जिकिर छ ।

गठबन्धनकै कारण गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेको बताउँदै उनले भने, “पोखरामा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र माधवजी उदार भएर कांग्रेसलाई सरकारमा ल्याएको छ ।”

गठबन्धनविरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमात्र हैन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ । सबैलाई फाइदा हुने भएकोले दलहरुबीच गठबन्धन बनेको हो ।’

उनले विगतमा काँग्रेस एक्लै चुनाव लड्दा काँग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको पनि बताए ।
उनले भने, ‘नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं । सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन, तर देशको आवश्यकता अनुरुप सफल भयांै ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि दलले दम्भ राखे केपी ओलीको हालत हुने दाबी गरे । उनले भने, ‘कहिलेकाही काँग्रेसमा दम्भ हुन्छ । दम्भ राम्रो होइन । त्यही दम्भले केपीको विनास ग-यो । सबैको शक्ति स्वीकार गर्नुपर्छ ।’

उनले नेकपा एमालेमा रहेर लामो समय योगदान दिएको स्मरण गर्दै उनले ओलीको प्रवृत्तिले मुलुकमा गणतन्त्र आउन सक्ने थिएन, यो देन हाम्रो हो ।’

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताएर गठबन्धन जोगाउन उनले आग्रह गरे ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki