चितवन । युवा संघका एक नेतामाथि चितवनमा खुकुरी प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।युवा संघ, खैरहनी, चितवनका नेता कुमार थापामाथि खैरहनी–८ स्थित घरमै बसिरहेका बेला खुकुरी प्रहार भएको हो ।
थापाको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । थापा स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागेका थिए । एक वर्षअघि कांग्रेस त्यागेर एमाले प्रवेश गरेकाले रिसिइबीका आधारमा उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरी आशंका छ ।
थापामाथि आक्रमणको आशंकामा केही व्यक्ति पक्राउ परेका छन् । तर अहिलेसम्म कसले, किन आक्रमण गर्यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।







