Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राहुल गान्धी काठमाडौंमा विवाद दिल्लीमा

Wednesday, May 4, 2022
राहुल गान्धी काठमाडौंमा विवाद दिल्लीमा
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं –  एउटा भिआइपी विवाह समारोहमा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी मंगलबार दिनभर दिल्लीमा विवादित बने । सोमबार राति ठमेलको एउटा नाइट क्लबमा राहुल मंगोलियन अनुहारकी एक युवतीका साथमा देखिएको भिडियो सार्वजनिक भएपछि सत्तारूढ भारतीय जनता पार्टीका नेताले चर्को आलोचना गरेका छन् ।

भाजपा नेता अमित माल्भियालगायतले राहुल गान्धी क्लबमा गएको भिडियो सार्वजनिक गर्दै आलोचना गरेका छन् । बिहारका मन्त्रीसमेत रहेका भाजपा नेता सैयद साहनवाज हुसेनले भनेका छन्, ‘राहुल गान्धी आफ्नो राजनीतिक पार्टी सञ्चालनमा होइन, पार्टीहरूमा व्यस्त छन् ।’ भारतीय मिडियाले पनि त्यससम्बन्धी समाचार प्रसारित गरेका छन् ।

सिएनएनकी पूर्वपत्रकार सुम्निमा उदासको विवाहमा सहभागी हुन राहुल आएको सुम्निमाका पिता भीम उदासले इन्डिया टुडेलाई प्रतिक्रिया दिएका छन् । भीम म्यानमारका लागि पूर्वराजदूत हुन् । मंगलबार बिहान पत्रकार विजयकुमार पाण्डेले ट्विटर र फेसबुकमा राहुलसँगै खिचेको तस्बिर सार्वजनिक गरेका थिए ।

Order Cake Order Cake Order Cake

राहुल सुम्निमाका मिल्ने साथी हुन् । विवाहमा सहभागी हुनेबाहेक राहुलको कुनै सार्वजनिक कार्यक्रम थिएन । उनी म्यारिएट होटेलमा बसेका थिए भने सोमबार साँझ रात्रिभोजपछि ठमेलस्थित क्लबमा गएका थिए ।

सिएनएन छाडेर काठमाडौं बस्दै आएकी सुम्निमा लुम्बिनीमा निर्मित लुम्बिनी संग्रहालयकी प्रमुख हुन् । उनले व्यवसायी आङछिरिङ शेर्पाका छोरा निमा मार्टिन शेर्पासँग विवाह गरेकी हुन् । उनीहरूको मंगलबार विवाह भएको छ । दुवै परिवारले विवाहको भोज बिहीबार होटेल हायातमा राखेका छन् । निमाले ग्वान्जाओस्थित एसएमएल होल्डिङ नामक कम्पनी सञ्चालन गर्दै आएका छन् ।

भारतीय कंग्रेसले गान्धी वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको उल्लेख गर्दै उनलाई विवादमा ल्याउनुको अर्थ नभएको प्रस्टीकरण दिएको छ । गान्धीसँग दुईजना सुरक्षाकर्मी पनि साथमा आएका छन्

‘राहुल गान्धी हाम्रो मित्र मुलुक नेपालमा एकजना पूर्वपत्रकार रहेकी साथीको वैवाहिक समारोहमा सहभागी हुन गएका हुन् । परिवार र मित्रहरू हुनु र वैवाहिक समारोहमा सहभागी हुनु हाम्रो संस्कृति र सभ्यताको विषय हो,’ कंग्रेस प्रवक्ता रणदीप सुर्जेवालाले मंगलबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘राहुल गान्धी प्रधानमन्त्री नरेन्द्र मोदी विनानिम्ता पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफकहाँ केक काट्न गएजसरी नेपाल गएका होइनन् । राहुलजी निमन्त्रणामा गएका हुन् । यसमा कुनै गल्ती भएको छैन । यो हाम्रो संस्कृतिको कुरा हो, यो अपराध होइन ।’

चार वर्षअघि१५ भदौ ०७५ मा पनि राहुल काठमाडौं आएका थिए । १६ भदौमा उनी ल्हासा हुँदै मानसरोवर प्रस्थान गरेका थिए । त्यसवेला राहुल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष थिए । उनी त्यसवेला २२ घन्टा काठमाडौंमा बसेका थिए । उनी नेपालगन्ज भएर हुम्लाको हिल्सा हुँदै मानसरोवर जाने चर्चामाझ एयर चाइनाको नियमित उडानबाट ल्हासा उडेका थिए । त्यतिवेला राहुल ‘लो प्रोफाइल मेन्टेन’ गर्दै इन्डिगो एयरलाइन्सबाट आएका थिए । यसपटक उनी भिस्तार एयरलाइन्सबाट आएका हुन् । त्यसवेला उनी होटेल र्‍याडिसन बसेका थिए । राहुललाई त्यसवेला पूर्वपत्रकार सुम्निमा उदासले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खुवाएकी थिइन् ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki