काठमाडौँ – कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए। उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।
Comments
Source:
Smart Akshyar Media







