काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइन्छ ।
देश विकासमा मजदूरहरूको ठूलो योगदान रहने गर्छ। चाहे कारखानामा काम गर्ने मजदूर हुन्, पूर्वाधारमा खटिएका हुन् वा कृषि क्षेत्रमा काम गर्ने श्रमिक ।
देश बनाउने जग मजदूरले नै राख्छन्। उनीहरूकै सम्मानमा हरेक वर्ष १ मेईमा विश्वभर अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउने गरिन्छ। मजदूरका हक अधिकार स्थापना गर्नका लागि संघर्ष र बलिदानी दिनेहरूको संझना यस दिन गरिन्छ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ । मे दिवसको पृष्ठभूमि १९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा “हे मार्केट काण्ड” भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो ।
यस दिनलाई विशेष रूपमा मनाउनुको उद्देश्य मजदूरहरूलाई सम्मान दिनुमात्रै नभएर उनीहरूका सबै अधिकार उनीहरूलाई दिनु पनि हो।







