काठमाडौं – गायक प्रमोद खरेलआफू गम्भीर सवारी दुर्घटनामा परेका छन्। दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको जानकारी गराए ।
दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन्। राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ।
दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् । नोगेनद्वारा नेपाली आर्टिस्ट्मा प्रमोद खरेललाई ट्याग गरि उल्लेख गरिएको छ ।







