काठमाडौं- वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको खबर छ। उहाँलाई बैशाख १ गते विहीवार छातीमा असजिलो भएको महसूस भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो।
जाँचपछि उहाँमा पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या देखिएको हुँदा अस्पताल भर्ना गरिएको कुरा किष्ट अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यंले भन्नुभयो । १० दिनपछि हिजो आइतबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
किष्ट शिक्षण अस्पतालले ३ वर्षअघिदेखि जोशीको उपचार गर्दै आइरहेको छ । हाल उहाँकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ।
Comments
Source:
Smart Akshyar Media







