काठमाडौं- केजिएफको अगाडि निरिह साबित भयो शाहिद कपुर अभिनित चलचित्र जर्सी।
‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा गत शुक्रवारबाट अभिनेता शाहिद कपूर अभिनीत चलचित्र ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट चलचित्र ‘जर्सी’को रिमेक भएकाले बक्सअफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘केजीएफ २’को बाढीले नराम्रोसँग बगाएको छ । फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ ।
दक्षिण भारतिय चलचित्र ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्तासम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । चलचित्रले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५-२० करोड कमाईरहेको छ ।चलचित्रले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ ।
सन् २०१९ मा आएको अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । फिल्ममा शाहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् ।
Comments
Source:
Smart Akshyar Media







