काठमाडौं- एमाले उम्मेदवार केशव स्थापित र सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोमवार दिउँसो राष्ट्रिय सभागृह पुगेर स्थापितले महानगर प्रमुखमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनीसँगै एमालेकै तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी सुनिता डंगोलले पनि मनोनयन दर्ता गराइन् । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् भने डंगोल मिस नेवा २०११ हुन् । स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।
अघिल्लोपटक पनि मेयरको उम्मेदवार बन्न प्रयास गरेका स्थापितलाई अन्तिम समयमा विद्यासुन्दर शाक्यले पछि पारेका थिए ।







