काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवारी परेका उम्मेदवारबाहेक अन्य चिन्ह हटाएर मतपत्र छाप्ने निर्णयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। एमालेले विज्ञप्ति जारी गर्दै आयोगको ध्यानाकर्षण जनाएको हो।
विज्ञप्तीमा भनिएको छ, ‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेद्वारी परेको उम्मेदवार बाहेक अन्य उम्मेद्वारको निर्वाचन चिन्ह हटाई मत्रपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ।’ निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न नहुने एमालेले स्पष्ट पारेको छ।







