दाङ – दाङ देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाकाे बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीय वसन्ती विकले जानकारी दिनुभएको छ ।
आइतवार अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो ।
आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । अहिले पनि बस्ती वरपरका जङ्गलमा आगो सल्किरहेको स्थानीयले बताएका छन् ।
Comments
Source:
Smart Akshyar Media







