काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ, विकास र संमृद्धिको अभियान अघि बढाऔँ’ नाराका साथ जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
जसपाले आफ्नो घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने कार्यक्रम राखेको छ। यसैगरी प्रत्येक नगरपालिकामा एक रंगशाला बनाउने कार्यक्रम राखिएको छ।
मधेसी, थारू, मुस्लिम, आदिबासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता, प्रतिनिधित्व र साझेदारीलाई सुनिश्चित गर्ने, २०० सम्मको खानेपानी विल निशुल्क गर्ने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हज्जारको अनुदान दिनेलगायतका योजना जसपाले सार्वजनिक गरेको छ।







