Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

संयुक्त राष्ट्रसंघका महासचिव पुटिनलाई भेट्न अप्रिल २६ मा रूस जाँदै

Saturday, April 23, 2022
संयुक्त राष्ट्रसंघका महासचिव पुटिनलाई भेट्न अप्रिल २६ मा रूस जाँदै

Antonio Guterres, UN High Commissioner for Refugees UNHCR at a Press Conference after 66th session of Excom. 9 October 2015. UN Photo / Jean-Marc Ferré

993
VIEWS
Website Development Website Development Website Development

एजेन्सी

काठमाडौं-  युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी अप्रिल २६ मा मस्कोको भ्रमण गर्नेछन्। यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन् ।

यस हप्ताको सुरुमा गुटेर्रेसले युक्रेनसँग शान्ति र आफूले गर्न सक्ने कदमहरूबारे छलफल गर्न पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने बताएका थिए ।

Order Cake Order Cake Order Cake

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले भ्लादिमिर पुटिनले अप्रिल २६ मा मस्कोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने बताएका छन् । यसअघि गुटेरेसले रुस र युक्रेनका राष्ट्रपतिहरूलाई मस्को र कीभमा तत्काल भेट्न आग्रह गर्दै पत्र पठाएका थिए ।

अर्कोतर्फ रुस–युक्रेन युद्धको दुई महिनापछि रुसी राष्ट्रपति पुटिनले कीभले मारियुपोलमा आफ्ना सेनालाई आत्मसमर्पण गर्न दिन अस्वीकार गरेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युरोपेली संघका प्रमुख चार्ल्स मिशेलसँग कुरा गर्दै कीभले रुसी सेनाले घेरिएको मारियुपोलमा युक्रेनी सेनालाई आत्मसमर्पण गर्न नदिएको आरोप लगाएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको किभमा अर्को सातादेखि आफ्नो दूतावास पुनः खोल्ने बताएका छन् । जोनसनले आफ्नो दुईदिने भारत भ्रमणको दोस्रो दिन दिल्लीमा यो घोषणा गरेका हुन् ।

अमेरिकाले किभमा दूतावास खोल्न तत्काल तयार नभएको बताएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै बताएअनुसार अमेरिकाले मिसाइल आक्रमणको खतरा नभएसम्म कीभमा आफ्नो दूतावास नखोल्ने बताएको छ। किभमा १५ देशले आफ्नो दूतावास पुनः खोलेका छन् ।

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग दिने निर्णय पनि गरेको छ । ट्रेजरी सेक्रेटरी जेनेट येलेनले सामाजिक भुक्तानी, निवृत्तिभरण र तलब उपलब्ध गराएर अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग गरिने र सहयोग सिधै युक्रेनको राज्यको बजेटमा जाने बताए।

शुक्रबार रुसी सेनाले खार्किभको बाहिरी इलाकामा रहेको आवासीय परिसरमा बमबारी गरेको थियो। यस क्रममा युक्रेनी सेनाले पनि रुसी सैनिकको आक्रमणको जवाफ दिँदै आएको थियो । अर्कोतर्फ रुस र युक्रेनबीच युद्ध जारी रहँदा मारियुपोलका बासिन्दा आफ्नो ज्यान जोगाउन प्रयासरत छन् ।

रुसी सैनिकले घेरिएको मारियुपोलमा फसेका नागरिकले आफ्नो ज्यान बचाउनको लागि जतिसक्दो चाँडो युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन् । यही समयमा, डोनेट्स्कका स्थानीय मानिसहरू पनि शान्तिको आशा गरिरहेका छन्। युक्रेनी शहर ओडेसाका धेरै बासिन्दाहरूले आफ्नो घर छोडेका छन्। सहरमा रुसी सेना आउने डरले ती सबै फर्किन हिचकिचाउँछन्।

रुसले युक्रेनमा आफ्नो विशेष सैन्य अभियानको दोस्रो चरण सुरु गरेको बताएको छ । रुसले आजोभस्टाल प्लान्टबाहेक सम्पूर्ण मारियुपोल कब्जा गरेको दाबी गरेको छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki