Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निर्माण व्यवसायीहरूले आइतबारदेखि निर्माण परियोजना ठप्प पार्ने

Friday, April 22, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं –  निर्माण व्यवसायीहरूले आउँदो आइतबारदेखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कन्स्ट्रक्सन होलिडे गर्न लागेका हुन् ।

निर्माण सामग्रीमा बढेको मूल्य अनुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन् । मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् ।

महासंघको नेतृत्वमा उनीहरूले बिमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । आइतबारदेखि भने निर्माणकार्य बन्द गर्ने महासंघका अध्यक्ष रवि सिंहले बताए ।

Order Cake Order Cake Order Cake

मूल्यवृद्धि स्थिर नभएसम्म वा सरकारले भएको मूल्यवृद्धि सम्बोधन नगरेसम्म कन्स्ट्रक्सन होलिडेमा जान लागेको सिंहको भनाइ छ । आइतबारदेखि देशभर निर्माणकार्य नहुने उनले बताए । “यसअघि समय दिएर संवाद गरेका पनि थियौँ, सम्बोधन हुन्छ भनियो । तर, अलमल्याउने काम मात्रै भयो । हामी आन्दोलनमा जान बाध्य भयौँ,” उनले भने ।

परियोजना सुरु गरेको बेलामा र अहिले निर्माण सामग्रीको मूल्य निकै बढेकाले बढेको मूल्यमा समायोजन गरिनुपर्ने उनीहरूको माग हो । “असोजमा प्रतिकिलो ८० रुपैयाँ परेको डन्डीको मूल्य बढेर १३५ रुपैयाँ पुगिसक्यो,” उनले भने, “अहिले हामीले निर्माण सामग्री खरिद गरेको मूल्य र तत्कालीन हामीले सम्झौता गरेको बेलाको मूल्यमा १० प्रतिशत छोडेर मूल्य समायोजन गरिनुपर्ने हाम्रो माग हो ।” उनले यी माग पूरा नभएसम्म निर्माण कार्यमा नफर्कने चेतावनी दिए ।

यस्तो किसिमको समस्या ०६५ सालमा पनि भएको र त्यो बेला मूल्यवृद्धि निर्देशिका जारी गरेर बढेको मूल्यको समायोजन गरेको उनले बताए ।

यस्तै, बिमा समिति बिमा कम्पनीहरूको प्रलोभनमा परेर बिमा निर्देशिका जारी गरेको आरोप पनि महासंघको छ । जारी भएको निर्देशिका खारेजीमा माग पनि उनीहरूको छ । “खुला बजार अर्थनीतिविपरीत अधिकतम खुद्रा मूल्यमा क्याप राख्नुपर्नेमा न्यूनतम खुद्रा मूल्यमा क्याप लगाइएको छ । यतिभन्दा कम मूल्यमा आयोजनाको बिमा गर्न नपाउने भन्ने छ,” उनले भने, “सबै बिमा कम्पनीहरूको मूल्य एउटै छ । यसले प्रतिस्पर्धा गर्नबाट वञ्चित गरेको छ । त्यो मूल्य प्रतिस्पर्धाको मूल्यभन्दा ७/८ गुणा बढी छ ।”

यसैगरी, सार्वजनिक खरिद विनियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग पनि उनीहरूको छ । “यी तीनवटा हाम्रा प्रमुख मागहरू हुन् । यी माग सम्बोधन नभएसम्म आइतबारदेखि कन्स्ट्रक्सन होलिडे हुनेछ,” सिंहले भने ।

Comments
Share
Source: smart akshyar

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki