काठमाडौं – नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण गरीएकाे छ । थापाथलीबाट च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ कार्यालयको उद्घाटन गरेका छन् ।
एमाले उपमहासचिव विष्णु रिमालले तुल्सीलाल प्रतिष्ठानसँग ५ वर्षका लागि सम्झौता गरिएको जानकारी दिए । वार्षिक रकम बुझाउने गरी सम्झौता भएको छ ।
तीन तले भवनमा पहिलो तलामा लाइब्रेरी, एक्सन रुम छ । दोस्रो तलामा विभाग, कार्यकक्ष, अध्यक्षको कार्यकक्ष र हल । तेस्रो तलामा उपाध्यक्ष र उपमहासचिव र सचिवहरुको कार्यकक्ष रहेको रिमालले बताए ।







