Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७३ वर्ष

Friday, April 22, 2022
नेपाल कम्युनिस्ट पार्टी  स्थापनाको ७३ वर्ष
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् ।स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसाे १ बजे कार्यक्रम आयाेजना गर्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्मा हुने कार्यक्रममा कम्युनिस्ट याेद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिकगर्ने कार्यक्रम रहेकाे एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे ।

स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिनुभएकाे छ ।

Order Cake Order Cake Order Cake

‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उहाँले भन्नुभएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुनुहुन्छ ।

उहाँहरूले भारतको कलकत्तामा पार्टी स्थापना गर्नुभएकाे थियाे । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रम अन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ लगायत कार्यक्रम लोकप्रिय बन्यो ।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग हुनुभएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसक्नुभएकाे छ ।

तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले दिँदै आएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीेले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।

पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० वैशाख भएको दाबी गर्नुभएकाे छ ।

Comments
Share
Source: smart akshyar

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki