काठमाडौं- आगामी ३० वैशाखकालागि तय भएको स्थानीय तहको निर्वाचनमा उमेद्वार मनोनयनको दिन नजिकिदै छ, तर दलहरु अझैपनि आपसि झमेलामा ब्यस्त देखिन्छन् सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्वारकाे टुंगाे लगाउन सकेका छैन ।
निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनाेनयन दर्ता हुनेछ ।तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्वारकाे टुंगाे लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमालेले १० वैशाखमा उमेद्वार टुंग्याउने घोषणा गरेको छ ।
नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उमेद्वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।
हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।







