काठमाडौं – सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियाली श्रम नियम कानुन संबन्धि भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।
परदेशमा आईपर्ने बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै २०२२ मा परिवर्तन भएका श्रम नियम र कोरियामा विदेशी कामदारले जान्नै पर्ने कानुनकाे बारेमा “कोरियाली श्रम नियम कानुन” विषयमा बृहत भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेकाे छ ।
उक्त कार्यक्रममा परिवर्तन भएका श्रम कानुनहरुको बारेमा जानकार ब्यक्तित्व तथा लामाे समयदेखी यही क्षेत्रमा रही काम गर्नु भएका (एम टी यु) माईग्रेन्ट ट्रेड युनियनपका अध्यक्ष उदय राईज्यूद्वारा कोरियन श्रम कानून सम्बन्धी जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ। राईले कोरियामा समस्यमा परेका नेपालीहरुलाई सहयोग गर्दै पनि आउनु भएको छ । हरेक बर्ष परिवर्तन भइरहने कोरियन श्रम कानुन सम्बन्धित र कोरियामा आएर बिविध कारणले समस्यामापरेका नेपालीहरुलाई सहयोग पु-या उने उद्वेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक महेश बजगाँईले हामिलाई जानकारी गराउनु भयो।
उक्त कार्यक्रम काेरियन समय अनुसार अप्रिल २३ तारिक शनिबार साँझ ७ बजे देखि सुरु हुने समाजले जनाएकाे छ ।
उक्त कार्यक्रममा काेरियन श्रम कानुनहरुको बारेमा चासाे राख्ने जोकोहि नेपाली तथा कोरियामा कार्यरत नेपालीहरुलाई सहभागिताकोलागि समाजले बिभिन्न माध्यमबाट अनुरोध गर्दै भर्चुअल माध्यम ‘जुम’ (zoom)को आइडि र पासवर्ड पनि उपलब्ध गराएको छ।







