अभिनेत्री केकी अधिकारी आज विवाह बिबाह बन्धनमा बाधिँदैछिन् । यद्यपि, हिजो नै विवाह भएको खबर आएका थिए । हिजो भने उनको मेहेन्दी उत्सव थियो ।
केकीले आज पनि दुई परिवारका सदस्यको उपस्थितीमा मात्रै विवाह गर्न लागेको उनका सहकर्मीहरुले बताएका छन् ।
यद्यपि, केकीले विवाहको कुरा चल्दा आफू सुटुक्क बिहे गर्ने पक्षमा रहेको बताउने गरेको उनका नजिकका साथीहरु बताउछ्न् । “सुटुक्क विवाह गर्ने उनको सुरुदेखिकै योजना हो । विवाहको कुरा हुँदा म आफ्ना साथीहरुलाई पनि थाहै नदिइ सुटुक्क बिहे गर्छु भन्थिन् । मैले बिहे गरेको तपाईंहरुले न्युजमा थाहा पाउनु हुनेछ भन्थिन्। नभन्दै त्यस्तै भयो ।
उनले व्यवसायी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन् । तिवारी ‘हाम्रो बजार डट कम’ का सीईओ हुन् । उनी ‘फुड म्यारियो’ का पनि सीईओ तथा को–फाउन्डर पनि हुन् ।







