काठमाडौं- बैसाख ६
वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् । श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ ।संस्कृतिविद् जोशीको मुटुको चाल सुधारोन्मुख रहेको र समग्र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालमा उनकोे ‘युरिन इन्फेक्सन’को उपचार भइरहेको र उपचारका लागि एन्टिबायोटिक्स प्रयोग गरिएको अस्पतालले जनाएको छ ।गएको शनिबारसम्म आईसीयूमा रहेका जोशीको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबारबाट डिलक्स रूममा सारिएको थियो ।







