काठमाडौं- बैसाख ६
औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ । सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन ।
नेविसंघले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्यूटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीको कार्यालयमा तालाबन्दी गरी तीनै जना पदाधिकारीको राजीनामा माग गरेका थिए । नेविसंघले पदाधिकारीको राजीनामाबाहेक कुनै विकल्प नभएको अडान राखेको छ भने तीनै पदाधिकारहरू राजीनामा नदिने स्पष्ट अडानमा छन् । विद्यार्थीले विशेषगरी उपकुलपतिले वरिष्ठलाई भन्दा कनिष्ठलाई नियुक्ति गरेको आरोप पनि लगाएका छन् । लगातार ३ महनासम्म मुलुककै जेठो विश्वविद्यालय बन्द हुँदा त्रिविका पदाधिकारी मात्र होइन, कसैले पनि खासै चासो भने देखाएका छैनन् । कैले सम्म होला तालाबन्दि, समाधानकाे पहल कतैबाट नहुँदा सम्बन्धित सबै किंकर्तब्यबिमुढ देखिएका छन।
उपकुलपति प्राडा बाँस्कोटा कसैसँग कुरै गर्न चाहनुहन्न। तालाबन्दि खुलाउने बिषयमा कुलपति, सहकुलपति एवं शिक्षामन्त्री र आफ्ना पार्टीका प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनसँग खासै पहल गरेको नदेखिएको कर्मचारीको भनाइ छ ।