पोखरा- बैसाख ४
नेपाली कांग्रेस नगर समितिले गरेको आह्वानअनुसार मेयरका लागि १८ जना र उपमेयरका लागि १० जना आकांक्षीले निवेदन दिएका कांग्रेस पोखरा महानगर समितिका प्रवक्ता टुवराज बास्तोलाले जानकारी दिए ।
मनोनयनको लागि आइतवार ४ बजेसम्मको समय तोकिएको थियो । प्राप्त आवेदनमाथि छलफल गरेर छोटो सूची केन्द्रमा पठाउने कांग्रेसको तयारी छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ । गठबन्धन दलबीच भोलिसम्ममा महानगर र उपमहानगरबीच तालमेल गरेर केन्द्रलाई जानकारी गराउन निर्देशन दिने सहमति भएको थियो । पोखरा महानगरको नेतृत्वका लागि नेकपा एसले पनि दाबी गरेको छ ।
मन्त्री, पूर्वसचिवदेखि व्यवसायीसम्मको आवेदन
मेयरमा गण्डकीका कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आवेदन दर्ता गराएका छन । पूर्वसचिव बाबुराम आचार्यदेखि कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाटको पनि मेयरमा आवेदन परेको छ ।
व्यवसायी पृष्ठभूमिबाट किरन केसी, गणेशबहादुर भट्टराई, विश्वशंकर पालिखेको पनि मेयरका लागि आवेदन परेको छ ।
यी हुन्, पोखराको मेयरमा कांग्रेसका आकांक्षी
१. सुदिपमोहन भट्टराई २. परमेश्वर पोखरेल ३.निर्मल प्रसाद कर्माचार्य ४. कृष्ण बहादुर केसी ५. बाबुराम आचार्य ६. सरास्वती गुरुङ् ७. नन्द प्रसाद तिवारी ८. गंगाधर पराजुली ९. विरेन्द्र नारायण विजुक्छे १०.विश्वशंकर पालिखे ११. किशोरदत्त बराल १२. विन्दुकुमार थापा १३. बाबुराम गिरी १४. गणेश बहादुर भट्टराई १५. कोपिला रानाभाट १६. किरण के.सी. १७. विश्व घिमिरे १८. ऋषि सापकोटा
उपमेयरमा १० जना
१. माया बराल कार्की क्षेत्री २.लक्ष्मी पाण्डे क्षेत्री ३. रंगिला आचार्य ४.आनन्दी राणा कार्की ५. टिका कुमारी गुरुङ ६. दिपक मल्ल ७. मिलन थापा ८. चिनु गुरुङ ९. शिव केसी १०. गोविन्द नेपाली







