काठमाडौं- बैसाख ४
स्थानीय तह चुनावमा सशस्त्र प्रहरीलाई निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षा जिम्वेवारी दिइएको छ।
आगामी वैशाख ३० गते हुने देशभरका ७५३ स्थानमा रहेका जिल्ला निर्वाचन प्रमुख, निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको हो ।‘हामीले देशभरका निर्वाचन प्रमुख, प्रमुख निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा पाएका छौं,’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय एक उच्च अधिकृतले भने, ‘पीएसओ नभएका जिल्ला निर्वाचन प्रमुखहरूको पीएसओ खटिने जिम्मा पनि हामीमा नै छ ।’
सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम दिइरहेको छ ।निर्वाचनमा सशस्त्र प्रहरी बलले दोस्रो घेरामा रहेर सुरक्षा दिनेछ । सशस्त्रले निर्वाचनको समयमा फौजलाई कसरी परिचालन गर्ने भन्ने एकीकृत योजनासमेत बनाएको एपीएफले जनाएको छ ।







