काठमाडौं- बैसाख ४
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।
गएको चैत २५ गते सरकारले अधिकारीमाथि सूचना चुहाएको आरोप लगाउँदै छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित छन् । आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् ।
सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज अध्ययन गरि भोलि दर्ता भएपछि प्रक्रियाअनुरुप पेसी तोकिनेछ ।







