पोखरा -बैसाख ४
मुना राना मगर – स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो।
घाइते ११ जनामध्ये ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जनाकारी दिए ।। जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे।
जीपमा ११ जना सवार थिए। तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ। घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। मृतकको पहिचान अझै खुलेको छैन ।वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा आइतवार बिहान जीप दुर्घटना भएको हो ।







