काठमाण्डौं -बैसाख ४
सत्ता गठबन्धनले भोलि (सोमवार)सम्म महानगर र उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने भएको छ । आइतवार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो ।
बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी थिए।
साथै बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे पनि सोमवार नै कार्यदल रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।







