Monday, June 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाली कांग्रेसमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा उमेदवार चयन गर्ने विषयमा छलफल

Saturday, April 16, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- बैसाख ३

नेपाली कांग्रेसमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा उमेदवार चयन गर्नेलगायत विषयमा छलफल भएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उमेदवार चयनको मापदण्ड, चुनावी तालमेललगायत विषयमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।

“धेरै कुरामा छलफल भयो । महानगर र उपमहानगरमा कसरी उमेदवार चयन गर्ने भन्ने छलफल भयो,” उनले भने ।

Order Cake Order Cake Order Cake

पार्टीको केन्द्रीय समितिले चुनावी तालमेलसम्बन्धी निर्णय गरिसकेको भन्दै उनले तालमेल स्थानीय आवश्यकताअनुसार हुनुपर्नेमा जोड दिएका थिए । “स्थानीय समितिहरूले त्यो आवश्यकतालाई सबभन्दा राम्रोसँग बुझ्छन् । माथिबाट निर्णय लाद्नु हुँदैन,” उनले बैठकमा भनेका थिए ।

नेता अर्जुननरसिंह केसीले भने निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले उमेदवार चयन गर्नुपर्ने बताए । उमेदवार चयनका विषयमा पार्टीभित्र सहमति हुनुपर्ने उनको भनाइ थियो ।”गठबन्धन आफ्नो ठाउँमा, तालमेल आफ्नो ठाउँमा छँदै छ । सबभन्दा पहिला नेपाली कांग्रेसका तमाम कार्यकर्ता र नेतृत्वले सहमति खोज्ने कि विनाश रोज्ने भन्ने कुरामा गम्भीर हुनुपर्ने आवश्यकता छ,” उनले बैठकमा भनेका थिए, “निष्पक्ष, पारदर्शी र उपयुक्त ढंगले चयन गर्ने कुरातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”

उनले चुनावी तालमेलका विषयमा प्रस्ट खाका आउनुपर्ने भन्दै  तालमेलको निश्चित मापदण्ड के हो ? भनी प्रश्न गरेका थिए । “धेरै ढिलो नगरौँ । हरेक तहमा सहमतिपूर्ण निकास निकाल्नका निम्ति कार्ययोजना र निश्चित मापदण्ड चाहिन्छ,” उनले बैठकमा भने ।

सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिएको नेता साउदले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका विषयमा पार्टीभित्र नयाँ प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका विषयमा पार्टीभित्र नयाँ प्रस्ताव अगाडि सारेका छन् ।  उनले ‘नयाँ र तेस्रो विकल्प’ भन्दै ‘मित्रवत् प्रतिस्पर्धा’को प्रस्ताव गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले भरतपुर महानगर नेकपा (माओवादी) केन्द्रलाई छाडेको भन्दै यो पटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने पार्टीका नेता-कार्यकर्ताहरूको मत रहेको उनले बताए । त्यसो हुन नसकेमा नयाँ र तेस्रो विकल्पमा जानुपर्नेमा उनले जोड दिए ।

“नयाँ र तेस्रो विकल्प भनेको दुवैले नछाड्ने अर्थात् मित्रवत् प्रतिस्पर्धा,” उनले बैठकमा भनेका थिए ।

देशभर एक्लै लड्नुपर्छ भन्नेमा आफू रहे पनि पार्टीको निर्णय स्वीकार गरेर अघि बढेको उनले बताए । “स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा,” उनले भने ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki