Saturday, May 2, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

साउदी अरेबियास्थित नेपाली राजदूतावासद्वारा नेपाली नागरिकको हकहित र सुरक्षाकालागि सूचना जारी

Saturday, April 16, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं- बैसाख ३

साउदी अरेबियास्थित नेपाली राजदूतावास रियादले साउदीमा कार्यरत नेपाली नागरिकको हकहित र सुरक्षाका लागि १५बुँदे सूचना जारी गरेको छ।

दूतावासले साउदीको साइबर अपराधविरुद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा ५ वर्षको जेल सजाय, ३० लाख रियाल वा दुवै जरिवाना हुने भएकोले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्न र नगराउनु अनुरोधसमेत गरेको छ।

विभिन्न कानुनी झन्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमै जानकारी गराई सम्बन्धित प्रहरी वा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझेर दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ।

Order Cake Order Cake Order Cake

सवारी चालकको रूपमा साउदी अरब आएका कामदारहरूले सवारी चालक अनुमति पत्र विना सवारी चलाएर दुर्घटना भई धेरै नेपालीहरूको निधन भएकाले सवारी चालक कामदारले कम्तीमा सवारी साधनको तेस्रो पक्ष बिमाको कागजात, सवारी चालक अनुमति पत्र तथा अन्य कागजात नभएमा सवारी साधन नचलाउनसमेत आग्रह गरेको छ।

यदि सवारी साधन चलाउन बाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरणसहित राजदूतावासमा सूचना दिन अनुरोध गरिएको छ। कुनै पनि कागजातहरूमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने कुराहरु बुझेर मात्रअगाडि बढ्न आग्रह गरेको छ।

सूचनाका १५ बुँदा :

१. आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्ने र फेसबुक, इमो, व्हाटसप्प्, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानूनको विपरीत हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट नगर्ने।

२. आफ्नो फोन अरूलाई प्रयोग गर्न नदिने र आफैँले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्ने।

३. हुन्डी, हवाला वा अन्य कुनै पनि गैर-कानुनी माध्यमबाट रकमको कारोबार नगर्ने र स्वदेशमा रकम पठाउँदा बैङ्किङ माध्यमबाट मात्र पठाउने।

४. आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नुको साथै आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्ने।

५. मदिराजन्य पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी भएकाले यस्ता काममा संलग्न नहुने।

६. अरूको संगतमा लागेर वा स्वयं कम्पनीको काममा बाधा पुर्‍याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनीतिकसभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानुनी हुनुका साथै ठूलो सजायसमेत हुने भएकाले यी कुनै पनि कार्यहरू नगर्ने।

७. छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानुनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सुन लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने काम नगर्ने।

८. कुनै अन्य व्यक्तिका कानुनतः वर्जित मालसामान नलाने र त्यस्ता कार्यमा संलग्न नहुने।

९. स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना गर्ने र कानुनी कारबाही हुनबाट बच्नुको साथै ट्राफिक नियमको पालना गर्ने।

१०. गर्मी तथा सुख्खा हावापानी भएकोले आफ्नो स्वास्थ्यको ख्याल गर्ने।

११. पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्ने र विधिवत् कफला हस्तान्तरण नभएसम्म नजाने साथै अवैध रुपमा काम नगर्ने।

१२. रोजगार करार अवधि सकिने मिति ख्याल गर्ने र करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुको साथै एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसँग करार गर्नु परेमा साउदी सरकारले उपलब्ध गराएका अव्सीर तथा क्युवा पोर्टल प्रयोग गर्ने।

१३. आफ्नो आईडी कार्ड (इकामा) अरूलाई नदिने।

१४.  कार्यरत कम्पनीमा आफूले गर्नुपर्ने दैनिक काम इमानदारीका साथ गर्ने र चोरी जस्तो जघन्य अपराध नगर्ने।

१५.  कार्यरत रहँदा अस्वस्थ वा दुर्घटना भएमा सम्बन्धित व्यक्तिलाई सूचना गरि समयमा नै अस्पताल जाने र काम गर्दा कामको प्रकृतिअनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाई र सुरक्षाका सामाग्री प्रयोग गर्ने।

Comments
Share

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki