लमजुङ-वैशाख २
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै भने “नेपालको पहिलो सुखी गाउँ घोषणा गर्न पाउँदा खुसी मलाई निकै खुशि लागेको छ ”। उनले घलेगाउँ पुगेर रोधीघरमा गाउने इच्छा व्यक्त गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा रोधीघर भएको भए रात बस्ने आफ्नो इच्छा रहेको सुनाए ।
“देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले होलान् । रोधीघर बस्न गाह्रो भयो होला । रोधीघर थियो भने मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो,” उनले भने, “सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो । मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे ।”
ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे ।
उनले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताए ।
उनले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।







