काठमाडौं, वैशाख २
रणवीर र आलियाले अन्ततः विवाह गरेका छन्। बिहीबार रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह भएको हो। यो दिन उनीहरुको लागि मात्र नभइ उनीहरुका करोडौं फ्यान र सम्पूर्ण बलिउड उद्योगको लागि प्रतिक्षाको दिन थियो
विवाह एकदमै साधारण तरिकाले भएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ। रणवीर कपुर र आलिया भट्टले अन्य बलिउड स्टारले जसरी विवाहको लागि कुनै होटल अथवा मनपर्ने ठाउँ रोजेनन्। उनीहरुले आफ्नो घरमा नै सामान्य तरिकाले विवाह गरे।
रणवीर कपूर मुम्बईको बान्द्राको पाली हिलमा रहेको वास्तु बिल्डिङको सातौं तलामा बस्थे। आलिया भट्ट सोही भवनको ५ औं मञ्जिलमा भाडाको घरमा बस्थिन्। विवाहका सबै संस्कार सो घरमा भएको हो। बिहीबार बिहान हल्दी लगाउने दिउँसो ३ बजे विवाहको साइत थियो।
विवाहमा कपूर परिवार र भट्ट परिवारका नजिकका व्यक्तिहरू मात्र उपस्थित थिए। करीना कपूर, सैफ अली खान, लव रञ्जन, राहुल भट्ट, शाहिना भट्ट, सोनी राजदान, पूजा भट्ट, राहुल भट्ट, रीमा जैन, उनका छोरा अरमान जैन र अम्बानी परिवारका आकाश र श्लोका पनि उपस्थित थिए।








