काठमाडौं,चैत्र ३०
सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणापत्र मस्यौदालाई पारित गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको महतको भनाइ छ ।
बैठकले बन्दसूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ ।







