काठमाडौं,चैत्र ३०
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सह-महामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय गरेको छ ।
आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सह-महामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको हो । उनीहरूले प्रदेशमा रहेको उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । प्रदेशमा टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउने छ ।
वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।







