काठमाडौं,चैत्र ३०
सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको हो।
उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। सशस्त्र प्रहरी गठन भएपछि उनी उता प्रवेश गरेका थिए। पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए। उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदै छन्।
केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए।
Comments







