काठमाडौं,चैत्र २९, स्मार्ट अक्षर संम्वाददाताः
सत्ता गठबन्धनले उमेदवार सिफारिस गर्न स्थानीय तहका लागि मापदण्ड बनाएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको बैठकले उमेदवार सिफारिस गर्न लिखित मापदण्ड बनाएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । त्यसैका आधारमा तल्ला तहले उमेदवारको टुङ्गो लगाउने छन्।
सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूबीच मात्र चुनावी तालमेल गर्न पाउने निर्णय गरेको छ । तल्लो तहसम्म पाँच दलबीच मात्र चुनावी तालमेल गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
यसैगरी नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेर वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउनुपर्ने छ ।







