काठमाडौं,चैत्र २८
चिल्ड्रेन–नेपालको २५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले शान्त पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।समिति सदस्यमा भीमलाल गुरुङ, सावित्री नेपाली, विजयकुमार कार्की, जयन्द्र भट्टराई, राधादेवी शर्मा, टेकबहादुर रसाइली, कुलप्रसाद पौडेल, कृष्णप्रसाद खराल र शान्ता प्यासी छन् । संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल कार्यसमिति सदस्यमा मनोनीत भए ।
निर्वाचन समितिमा निर्वाचन अधिकृत अधिवक्ता जनकल्याण पराजुली, विमल लामिछाने र रमेश सुवेदी रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई अधिवक्ता पराजुलीले सपथ ग्रहण गराए ।
नवनिर्वाचित कार्यसमितिलाई संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, सदस्यको तर्फबाट प्रेम पराजुली संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, निवर्तमान अध्यक्ष भीमलाल गुरुङ, कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले शुभकामना दिए । संस्थाका अध्यक्ष भीमलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा लगायतले बोलेका थिए ।
संस्थापक अध्यक्ष रामचन्द्र पौडेललाई संस्थामा पुर्याएको योगदानको सम्मान गर्दै दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो । संस्थाले कार्यसम्पादन मूल्यांकनबाट उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएका सहायक संयोजक महेन्द्र पौडेल र भण्डार सहायक/टेलिफोन अपरेटर होममाया कार्कीलाई सम्मान गरिएको थियो । लेखा अधिकृत हरिप्रसाद पोख्रेल र सहायक संयोजक विशाल घोतानेलाई समेत सम्मान गरिएको छ । संस्थाको वार्षिक समाचार पुस्तिका ‘उज्यालोको खोजी’ विमोचन गरियो । प्रगति प्रतिवेदन महासचिव विजयकुमार कार्की र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष शान्त पौडेलले प्रस्तुत गरेका थिए ।







