काठमाडौं,चैत्र २८, स्मार्ट अक्षर:
चौथो सिजनको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ काे उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न यो प्रतियोगितामा मुलुकका २० जना ब्युटिसियनहरुबीचको भएको प्रतिस्पर्धामा सुस्मिता मोष्ट ट्यालेन्ट उपाधिसँगै शिर्ष उपाधि बिजेता बनेकी हुन् । सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले र सेकेन्ड रनरअपको उपाधि अस्ली केसीले प्राप्त गरे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको लागि तीन दिनको आन्तरिक पर्यटनको अबसर र विभिन्न उपहार जितेका छन् ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लिद्धारा आयोजित सो प्रतियोगितामा दुई सातादेखि विभिन्न प्रशिक्षण लिएर फाईनलमा उत्रिएका प्रतियोगीबीच अन्य अवार्डका लागि पनि प्रतिस्पर्धा भएको थियो । जसमा मल्टी मिडिया, बेस्ट ड्रेससहित फोटोजेनिक अवार्ड रन्जिता थापाले, पब्लिक च्वाईस अवार्ड रमा गुर्माछानले, भिवर्स च्वाईस अवार्ड मुना थापामगरले, स्टाईलिस्टसहित म्यानेजमेन्ट च्वाई अवार्ड सृजना कुँवरले जिते ।
यस्तै मोस्ट ब्युटिफुल अवार्ड ज्योती राउतले, मोस्ट पँचुअल अवार्ड सुष्मा सौरभले, बेस्ट हेयर स्टाईलिस अवार्ड शिखा थापाले, फ्रेन्डली अवार्ड करिश्मा थापामगरले र मोस्ट इन्नोसेन्ट अवार्ड अर्चना कुमारीले प्राप्त गरे । पर्सनालिटी अवार्ड सुमित्रा श्रेष्ठले, मेहन्दी आर्ट अवार्ड प्रीति झाले, इन्टेलिजेन्ट र क्याटवाक अवार्ड सकुन्तला अवालेले, सिभिलिटी अवार्ड शोभ महर्जनले, बेस्ट आईज अवार्ड प्रभा चौम्लागाईंले, बेस्ट स्किन अवार्ड रमीक्षा लिम्बुले हाँसिल गरे ।
सो प्रतियोगिताको मुख्य निर्णयकमा अभिनेता यसराज गराच, निर्णायकमा डा. सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीत पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाईनर गोमा अधिकारी धिताल र मोडल पिँकी जोशी थिए । जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा कार्यक्रम सम्पन्न भएको हो ।
विभिन्न क्षेत्रमा योगदान दिएका श्रष्टाहरुलाई सो समारोहमा सम्मानित गरियो । सम्मानित हुनेमा अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, संगीतकार राजेन्द्र बजगाईं, म्युजिक भिडियो निर्देशक केशव राज भट्ट, गायक अलिप खान, मोडल निकिता पान्डे, सुनिता दाहित थारु, भिजुअल सम्पादक दिन्सन शाह, ध्वनी मिश्रण मनोज परियार थिए ।
यस्तै ब्युटिसियनहरु गुड्डी जोशी, सोनी शाह, इन्दु आचार्य, सुस्मिता दँगाल कार्की, रुबी महर्जन, सानुमैया ब्यन्जनकार, सानु नगरकोटी, समाजसेवीहरु गीता शेर्पा, सुन कुमारी श्रेष्ठ, रमा तिमिल्सिना, गीतकार गीता गिरी, कर्ण बीर पनि सम्मानित भए । बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, आयोजक सोनी कारँजित, डब्बु क्षेत्रीलगायतले सो सम्मान प्रदान गरे । कार्यक्रममा गायक अलिप खान, गायिका सरिता भारतीले गीत प्रस्तुत गरे भने सुनिता दहित, भावना श्रेष्ठलगायतले नृत्य देखाए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री नेपालीले नेपालका ब्युटिसियनहरुको लागि प्रतिभा प्रस्तुतिका हिसावले यो कार्यक्रम राम्रो भएकोले यस्ता कार्यक्रममा ब्युटिसियनहरुको हौसला बढाउने बताइन् । रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजितले ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र ब्यक्तित्व विकाशको लागि चार वर्षदेखि यो प्रतियोगिता आयोजाना गर्दै आएको बताइन ।







