काठमाडौं
विवेकशील साझा पार्टीका बहुमत सदस्यले स्थानीय तहको निर्वाचनमा काठमाडौंको उमेदवार चयन गलत भएको ठहर गर्दै अर्को उमेदवार घोषणाको तयारी गरेका छन् ।रवीन्द्र मिश्रले सोमबार नै काठमाडौंको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाएसँगै थप विवाद बढेको छ । विवेकशील साझा पार्टीका बहुमत सदस्यले स्थानीय तहको निर्वाचनमा अर्को उमेदवार घोषणाको तयारी गरेका छन् ।रवीन्द्र मिश्रले सोमबार नै काठमाडौंको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाएसँगै थप विवाद बढेको छ ।असन्तुष्ट पक्षले आफूहरुको बहुमत रहेको दाबी गर्दै अल्पमतमा रहेका मिश्रले उमेदवार सिफारिस गर्न नपाउने बताएका छन् ।
उनीहरुले भनेका छन्, “ रवीन्द्र मिश्र अहिले पार्टीमा अल्पमतमा छन् । उनलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ । जम्मा १६३ केन्द्रीय सदस्य रहेकोमा ९६ जनाको सहमतिसहित कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ । तैपनि निर्वाचन आयोगले प्रक्रिया अघि नबढाएको बेलामा लुपहोलको प्रयोग गर्दै रवीन्द्र मिश्रले पार्टी कब्जा गर्दै गरेको नेताहरुको बुझाई छ । केन्द्रीय सदस्यहरुले रवीन्द्र मिश्रलाई बारम्बार बैठक बोलाएर कोरम पु¥याउन चुनौती दिँदै आएका छन् । अहिले कानुनी अनि राजनैतिक रुपमा रवीन्द्र मिश्र अल्पमतमा छन् । बहुमत केन्द्रीय सदस्यहरुले यो उमेदवारी रद्द गराइ अर्को उमेदवार घोषणा गर्ने तयारी गर्दैछन् ।” असन्तुष्ट पक्षले आफूहरुको बहुमत रहेको दाबी गर्दै अल्पमतमा रहेका मिश्रले उमेदवार सिफारिस गर्न नपाउने बताएका छन् ।







