काठमाडौं,चैत्र २८
बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुनुहुन्छ ।उहाँहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गर्नुभएकाे छ ।पछिल्लो समय उहाँहरु दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो ।सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिनुभएकाे थियाे ।
यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने हुनुभएकाे छ ।पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहनुहुन्छ ।यद्यपि सलमान फिल्मको छायांकन छिट्टै गर्न चाहनु हुन्छ ।साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिनु भएकाे छ ।यो फिल्म अब सलमान खान फिल्म्सको ब्यानरमा बन्नेछ ।यसका साथै फिल्मको निर्देशनसमेत सलमान आफैँले गर्न सक्ने बताइएको छ ।
‘सलमानले आफैँले निर्देशन गर्न सक्नेछन् । किनकि पछिल्लो केही वर्षयता उनले आफ्नो फिल्मको स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनको कामसम्म नियाल्ने गरेका छन्,’ सलमानका नजिकका एक निर्माताले भने ।







