जनकपुरधाम,चैत्र २८
मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख रुपौयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले जनकपुरधामको भानुचौकबाट झालाई नियन्त्रणमा लिएको हो ।
जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए ।मुद्दाको पेशी चैत १४ गते भएको थियो । निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झा माथि लागेको छ ।







