काठमाडौं । चैत २८- चुनावी तालमेलका विषयमा टुंगो लगाउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दैछ। स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले केहीबेरमै बैठक शुरू हुने जानकारी दिए।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो वस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो।
आइतववार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो।
गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो।







