एजेन्सी ।
काठमाडौं,चैत्र २७-एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा १ हजार भारु कलेक्सन गर्न सफल भएको छ। ५ सय करोड भारुमा बनाइएको ठूलो बजेटको यो फिल्म भारतीय स्वत्नत्रताको विषयमा बनाइएको छ। यस फिल्म विश्व बजारमा धेरै पैसा कमाउने तेस्रो फिल्ममा दर्ज भएको छ।
आमिर खान अभिनित ‘दंगल’ विश्वभर सबैभन्दा बढी कमाउने फिल्म हो। ‘दंगल’ले २०२४ करोड भारु कलेक्सन गरेर हालसम्मकै सबैभन्दा बढी कमाउने भारतीय फिल्मको रेकर्ड बनाएको छ। त्यसपछि राजामौलीकै ‘बाहुबली २’ ले १८ सय करोडभन्दा बढी कमाएर विश्वभर बढी कमाउने दोस्रो भारतीय फिल्म बनेको छ।







