हेटौंडा,चैत्र २७, स्मार्ट अक्षर संम्वाददाताः
हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडाका अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए।
हेटौंडा १३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
Comments







