बलिउडको कुरा गर्दा अभिनेता सलमान खानको नाम पक्कै आउँछ । बलिउडका अभिनेता खानहरूमध्ये सलमान विना सिंगो बलिउड इन्डष्ट्रि अपुरो लाग्न सक्छ ।
सलमानको बलिउडमा आफ्नो छुटै क्रेज छ । थुप्रै फ्यान फलोअर्स कमाएका सलमान केही दिनअघि मिडियाको हेडलाइन बने ।दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले विश्वबजारबाट पाएको सफलताबीच बलिउड चलचित्र दक्षिणमा किन चल्दैन भनेर गरेको प्रश्नका कारण चर्चामा तानिएका हुन् ।सलमान चाँडै नै दक्षिण भारतीय चलचित्र ‘गडफादर’मा विशेष भूमिकामा देखिनेछन् । आफ्ना मित्र चिरञ्जीवीसँगको उक्त चलचित्रका लागि उनले कुनै पारिश्रमिक नलिने भएका छन् ।
चिरञ्जीवीका छोरा राम चरणको तारिफ गर्दै सलमान भन्छन्, “उहाँसँग काम गर्दाको अनुभव गज्जब रह्यो । म चिरु गारुलाई लामो समयदेखि चिन्छु । र, उनका छोरा (राम चरण) पनि मेरो राम्रो साथी हो । उनले आरआरआरमा राम्रो काम गरेका छन्, मलाई गर्व लाग्यो । तर, मलाई हैरान बनाउने एउटा कुरा भनेको हाम्रो चलचित्र साउथमा किन राम्रो पफर्मेन्स गरिरहेको छैन ? जबकि, उहाँहरूको चलचित्र यहाँ राम्रो प्रदर्शन भइरहेको छ ।”सलमानले यो कुरा मुम्बईमा आयोजना भएको आईआईएफए अवार्ड २०२२ को पत्रकार सम्मेलनमा भनेका हुन् ।
सलमानले यो प्रश्न मात्रै तेर्स्याएनन्, यसका कारण र सम्भावित समाधानलगायत थुप्रै विषयमा आफ्नो विचार पनि राखे । सोही क्रममा आफूलाई दक्षिण भारतीय चलचित्रबाट कुनै अफर नआएको पनि खुलासा गरे ।
हिरोइज्म शैली हामीसँग सलीम–जावेदको समयदेखि थियो । तर, साउथ फिल्ममेकरहरूले यसलाई अलग लेवलमा बनाइरहेका छन् । त्यहाँ फ्यान फलोअरहरूको संख्या उल्लेख्य छ । अब म पनि चिरु गारुसँग काम गरिरहेको छु । उहाँसँग फरक शैलीको चलचित्र छ, जुन निकै राम्रो छ । त्यसैले हामी ‘कभी ईद कभी दिवाली’ बनाउँदै छौँ । साउथमा राइटरहरूले एकदमै मिहिनेत गरिरहेका छन् । उनीहरू एकदमै सुन्दर तरिकाले फिल्म बनाउछन् । यहाँसम्म कि उनीहरू छोटो फिल्म बनाउँदा पनि दर्शकहरू हेर्न जान्छन् ।







