काठमाडौं,चैत्र २५, स्मार्ट अक्षर संम्वाददाताः
राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाहाल माओवादी अध्यक्ष प्रचण्डका नातामा भाई हुन् ।
Comments







