काठमाडौं,चैत्र २५, स्मार्ट अक्षर संम्वाददाताः
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा तालमेल गर्नका लागि नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
अध्यक्ष थापाले सहकार्य गर्ने विषयमा एमालेसँग प्रारम्भिक कुराकानी भइसकेको पनि बताएका छन्। उनले स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूलाई एमालेसँग मिल्न र तालमेल गरेर अघि बढ्न आग्रह गरे।
स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिक गर्दै थापाले स्थानीय तहको निर्वाचनमा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुने इच्छा व्यक्त गरेका हुन्। उनले तालमेल हुँदा पार्टीको धारणा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने भएको बताए।







