काठमाडौं,चैत्र २५, स्मार्ट अक्षर संम्वाददाताः
नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपाल घिमिरे विजयी भएका छन्।सत्ता गठबन्धन निकट प्यानल नै विजयी भएको छ। घिमिरे कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्वअध्यक्षसमेत हुन्। उनले ४४ सय ३३ मतसहित निकटतम् प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे। अधिकारीले २४ सय ८२ मत ल्याए।घिमिरेसहित सबै पदमा गठबन्धनकै उम्मेदवारहरू निर्वाचित भएका छन्।बारको महासचिवमा गठबन्धनकै उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका छन्। खनालले ३६ सय ८२ मत ल्याइन्। अन्य पदाधिकारीहरूमा पनि अध्यक्ष घिमिरेकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।गत चैत्र १९ गते भएको बारको निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो। बार एशोसिएशनको २५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।







