नेपालगञ्ज,चैत्र २५,
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओली र राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाबीच नेपालगञ्जमा भेटवार्ता भएको छ।
उपाध्यक्षद्वय राजीव पराजुली र राजेन्द्र वीर राय तथा सहमहामन्त्री हिक्मत ढकालका साथमा नेपालगञ्जमा रहेका थापाको बिहीबार ओलीसँग भेट भएको हो।
भेटमा आसन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको नेता शशी भण्डारीले जानकारी दिए।
भेटमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्हबाटै चुनाव लड्ने विकल्पमा पनि छलफल भएको थियो। यसै साताभित्र एमालेसँग गठबन्धनको मोडालिटी टुंग्याउने तयारी रहेको भण्डारीको भनाइ छ।
उनकाअनुसार थापाले गत बुधबार पनि बालकोट पुगेर ओलीसँग भेट गरेका थिए। भेटमा ओलीले राजेन्द्र लिङ्देनको राप्रपासँग घोषित गठबन्धन नहुने बताएको भण्डारीको दाबी छ।







