काठमाडौं,चैत्र २४, स्मार्ट अक्षर संम्वाददाताः
नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो ।जसमा डा.आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी हुनुहुन्छ ।आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकासका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले स्मार्ट अक्षरलाई जानकारी दिए ।
समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।







